1100×100 Nabil Advert

भक्तपुर नीलबाराही क्षेत्र संरक्षण तत्काल थालिँदै

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले वडा-९ स्थित नीलबाराही मन्दिर क्षेत्रको संरक्षण एवं मर्मतसम्भार मध्यपुरथिमि नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा गर्ने भएका छन् ।

 

नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आज राससलाई यसबारे जानकारी दिदै मन्दिरको पूर्व र पश्चिमतर्फ भूक्षय नियन्त्रणका लागि गुरुयोजना पारित गरिएको छ भने रु २० करोड विनियोजन भएको बताउनुभयो । तत्काल काम थालिने जानकारी पनि उहाँले दिनुभयो । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आगामी दुई वर्षभित्रमा यो परियोजना सम्पन्न गर्नेछाँै । त्यसपछि नीलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय स्थलका रूपमा विकास हुनेछ । नीलबाराहीको ५०० रोपनीको सीमाङ्कन गर्नेछौँ ।”

नगरपालिकाले उक्त परियोजनाबारे मङ्गलबार सर्वसाधारणलाई जानकारी दिँदै नक्सासहितको ‘डिजाइन’ सार्वजनिक गरेको थियो । त्यस अवसरमा नीलबाराही संरक्षणका अभियन्तासँग सहकार्य गरिने जानकारी दिइएको थियो । पहिरोको जोखिममा रहेको नीलबाराही मन्दिर क्षेत्रको संरक्षणका निम्ति स्थानीयले अभियान सञ्चालन गरेका थिए ।

प्रकाशित समय १२:१९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु