चीन सरकारले नेपाललाई ८० अर्ब सहयोग उपलब्ध गराउने
काठमाडौं । चीन सरकारले नेपाललाई करिब ८० अर्ब रकम उपलब्ध गराउनसक्ने नेपालका लागि चीनका राजदूत छन् सोङले जनाएका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ताका क्रममा सो कुरा गरेका हुन् । भेटमा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको छ । त्यसैगरी मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू-भागमा समेत सुरुङ मार्गहरु बनाउने विषयमा छलफल भएको छ । चीनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्र्याउने विषयमा पनि छलफल भयो ।
मन्त्री डा.महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने कुरा बताए । चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी गराए । चीन सरकारले उपलब्ध गराउने सहयोग रकमको पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने विश्वास राजदूत सोङले व्यक्त गरे ।
प्रकाशित समय २२:२२ बजे



















