1100×100 Nabil Advert

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो अधिकार प्रयोग गर्नुपर्‍यो : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताउनुभएको छ । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशनको उद्घाटन गर्नुहुँदै अध्यक्ष सिलवालले पूँजी वृद्धिका लागि मर्जरमा गएका बीमा कम्पनीहरु भावनात्मक रुपमा समेत मिलेर अघि बढेमा खासै समस्या नआउने बताउनुभयो ।

 

प्राधिकरणको पटक–पटकको प्रयासबाट बीमा दाबी भुक्तानीमा सुधार आई गत आर्थिक वर्षमा करिव रु. ४४ अर्ब बराबरको दाबी भुक्तानी भएको जानकारी दिनुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, ‘बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो अधिकार प्रयोग गर्नुपर्‍यो, अस्वस्थ प्रतिस्पर्धा गर्नु भएन, स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढ्नुपर्‍यो, कर्मचारीहरु पनि दक्षता अभिवृद्धिका साथ कम्पनीमा सुशासन कायम गर्न, कम्पनीलाई अगाडि बढाउन लाग्नुपर्‍यो, कर्मचारीहरु चेन अफ कमाण्डमा बस्नुपर्‍यो, कम्पनीले मुनाफाको दुई प्रतिशत कर्मचारीको हक हितमा खर्च गर्नुपर्‍यो, त्यसो नभएमा कर्मचारीहरुले प्राधिकरणलाई जानकारी दिनुपर्‍यो ।’ अध्यक्ष सिलवालले बीमा कम्पनीहरु शहरी क्षेत्रमा मात्र केन्द्रित भएका कारण बीमाको आवश्यकता परेका व्यक्तिले बीमा गर्न नपाएकाले लघुबीमा कम्पनीहरु संचालनमा आएको स्पष्ट गर्नुहुँदै बीमा कम्पनीका कर्मचारीहरुका एकैखालका समस्या भए समाधानका विकल्प सहित प्राधिकरणलाई जानकारी दिएमा त्यसलाई सम्बोधन गर्न प्राधिकरणले पहल गर्ने बताउनुभयो ।

 

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रतिको विश्वास बढ्ने गरी बीमा व्यवसायलाई मर्यादित बनाएर अघि बढाउन र कम्पनीमा सुशासन कायम गर्न कर्मचारीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले संस्थालाई सफलरुपमा अघि बढाउन व्यवस्थापन र कर्मचारी संघ-संस्थाहरु मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रम नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष पूर्णबहादुर थापाको सभापतित्वमा भएको थियो ।

प्रकाशित समय १७:२९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु