1100×100 Nabil Advert

नेपाल बङ्गलादेश बैंकले थप्यो आधा दर्जन शाखा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आधा दर्जन शाखा थप गरेको छ । बैंकले ललितपुरको सानेपा, काठमाडौंको टोखा र तिलगङ्गा, भक्तपुरको  च्यामासिङ, दाङको तुल्सीपुर र सिन्धुपाल्चोकको तातोपानी शाखा तथा तातोपानी भन्सार राजश्व संकलन काउन्टर उद्घाटन गरी कारोबार शुरु गरेको छ ।
बैँकले सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले शाखा सञ्जाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको बताएको छ । ती शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ । यी ६ शाखाहरुसहित बैंकले ९४ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७८ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको जनाएको छ ।

प्रकाशित समय ०७:४२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु