1100×100 Nabil Advert

ग्लोबल बैंकको एसएमई कर्जा तीन दिनमै

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा (एसएमई लोन) ३ दिनभित्र उपलब्ध गराउने भएको छ । कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटोछरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको हो ।
अब उक्त कर्जा लिन चाहने महानुभावहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिनभित्र विना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यो कर्जा सुविधा नेपालभरी रहेका ग्लोबल आइएमई बैंकका १४१ वटै शाखाहरु मार्फत् प्राप्त गर्न सक्नेछन् ।
यस सेवाअन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना व्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाखदेखि ६ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइने बैंकले जनाएको छ ।

प्रकाशित समय ०७:५८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु