V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

ग्लोबल बैंकको एसएमई कर्जा तीन दिनमै

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा (एसएमई लोन) ३ दिनभित्र उपलब्ध गराउने भएको छ । कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटोछरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको हो ।
अब उक्त कर्जा लिन चाहने महानुभावहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिनभित्र विना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यो कर्जा सुविधा नेपालभरी रहेका ग्लोबल आइएमई बैंकका १४१ वटै शाखाहरु मार्फत् प्राप्त गर्न सक्नेछन् ।
यस सेवाअन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना व्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाखदेखि ६ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइने बैंकले जनाएको छ ।

प्रकाशित समय ०७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010