1100×100 Nabil Advert

राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले हस्ताक्षर गरेका छन् । सम्झौता पछि ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको सिफारिशमा वैदेशिक रोजगारमा गएका परिवार तथा वैदेशिक रोजगारबाट फर्केका कृषि कार्य गर्न चाहने उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्नेछ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण उत्पादनशील क्षेत्रमा लगानी भई सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२२ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताए । ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले आयोजनाकोे सिफारिश बमोजिम लगानी भएको कर्जाको असुलीमा आयोजनाकोे पनि नैतिक दायित्व रहने बताए । उनले आयोजनाले हाल मोरङ्ग, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ्ग, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा जिल्लामा कार्य गरिरहेको बताए ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, आयोजनाका ग्रामीण बित्त विशेषज्ञ सन्तोष अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय १२:५२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु