महासंघमा सबैसँग मिलेर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु : हेमराज ढकाल (भिडियोसहित)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा उमेशलाल श्रेष्ठ समूहबाट वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले आफ्नो उम्मेदवारी किन भन्नेबारेमा जानकारी दिएका छन् ।

एक दशकभन्दा लामो समयदेखि महासंघमा विभिन्न काममा प्रत्यक्ष–अप्रत्यक्ष आवद्ध भएर काम गरेका ढकालले आफ्ना सम्पूर्ण वस्तुगततर्फका कार्यकारिणी सदस्य पदका उम्मेदवारहरु सार्वजनिक गरेका छन् । जसमा अच्यूत गुरागाई, कमला श्रेष्ठ, किरणकुमार डंगोल, खोजराज कटुवाल, देवेन्द्र खड्का, नरेशलाल श्रेष्ठ, नानीराज घिमिरे, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, रामेश्वर शाह, रितेश लामिछाने, लिलेन्द्रप्रसाद प्रधान, डा.सुबोधकुमार गुप्ता र हरिबहादुर कार्की रहेका छन् । आफूले अहिलेसम्म के–के काम गरें र आगामी दिनमा के गर्ने भन्ने विषयमा हेमराज ढकालका बाँकी भनाईहरु भिडियोमा ।
प्रकाशित समय २१:३७ बजे



















