लागत न्यूनीकरणविना नेपालको औद्योगिकीकरण सम्भव छैन : भरतराज आचार्य (भिडियोसहित)

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आशन्न निर्वाचनमा एसोसिएटतर्फ उपाध्यक्ष पदका प्रत्याशी भरतराज आचार्यले आफ्ना एजेण्डाहरु अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने रहेको बताएका छन् ।
आचार्यले भने– नेपालको आर्थिक परिदृश्यमा, नेपालको इकोनोमिक डेभलपमेन्टमा किन नेपालले आर्थिकरुपमा फड्को मार्न सकेन भन्ने निष्कर्ष हाम्रो केही छलफलबाट, उद्यमीहरुको अनुभवबाट हामीले के निष्कर्ष निकाल्यौं भने लागत न्यूनीकरणविना नेपालको औद्योगिकीकरण सम्भव छैन । ‘कष्ट अफ डुइङ बिजनेश’ सबभन्दा बढी भयो । यसका लागि हामीले केही क्षेत्रहरु पहिचान गरेका छौं । ती क्षेत्रहरुमा समस्यामात्र पहिचान गरेका छैनौं, समाधानका उपायहरुसमेत पहिचान गरेका छौं । यी समस्या समाधानमा केही केही विषयमा ‘पोलिसी डिपार्चर’को लागि हामीले केही प्रयत्न पनि गर्यौं । (बाँकी भिडियोमा)
प्रकाशित समय ०९:२८ बजे