1100×100 Nabil Advert

काठमाडौंस्थित पाकिस्तानी दूतावासद्वारा कला प्रदर्शनीको आयोजना

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावासले २८ जनवरी २०२६ मा दूतावास परिसरमा ‘नेपाली कलाकारको ब्रश मार्फत पाकिस्तानका रंगहरू’ शीर्षकको कला प्रदर्शनीको आयोजना गर्‍यो । साथै प्रदर्शनीको अवसरमा कलाकारसँगको वार्तासमेत भएको थियो । प्रदर्शनीमा प्रसिद्ध नेपाली कलाकार सुश्री विधाता केसीका कामहरू प्रस्तुत गरिएको थियो, जुन उनको कलात्मक यात्रा र पाकिस्तानमा अनुभवहरूबाट प्रेरित थिए ।

 

कार्यक्रममा कला प्रेमी र अभ्यासकर्ताहरू, नागरिक समाजका प्रतिनिधिहरू, मिडियाकर्मीहरू, सामाजिक सञ्जाल इन्फ्ल्युन्सरहरु र लगायतको उपस्थित थियो । विविध दर्शकहरूको उपस्थितिले पाकिस्तान र नेपालबीचको साँस्कृतिक आदान-प्रदान र जनता-जनता सम्पर्कमा बलियो चासो झल्काउँछ । कार्यक्रमको अवसरमा सुश्री बिधाता केसीले पाकिस्तानमा ‘दक्षिण एसियाली देशहरूका लागि कलाकार निवास कार्यक्रम’मा भाग लिँदाका आफ्ना अनुभवहरू साझा गरेकी थिइन् । उहाँले पाकिस्तानभरि आफ्नो यात्रा र उनको रचनात्मक अभिव्यक्तिलाई प्रेरित गर्ने समृद्ध कलात्मक, साँस्कृतिक र सामाजिक प्रभावहरूको बारेमा विस्तृत रूपमा बोलिन् । आफ्नो कलाकृतिमार्फत् उनले पाकिस्तानको जीवन्त परिदृश्य, सम्पदा र साँस्कृतिक विविधतालाई चित्रण गरिन् । कलाकारले रेसिडेन्सी कार्यक्रममा भाग लिने अवसर प्रदान गरेकोमा पाकिस्तान सरकार र काठमाडौंस्थित पाकिस्तानी दूतावासप्रति हार्दिक आभार व्यक्त गरिन् । उनले पाकिस्तानको कला र संस्कृतिको साथै आफ्नो बसाइको क्रममा प्रदान गरिएको आतिथ्यको पनि खुलेर प्रशंसा गरिन् ।

 

दर्शकहरूलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत श्री अबरार हाश्मीले कलाकारको असाधारण काम र नेपाली दृष्टिकोणबाट पाकिस्तानको रचनात्मक व्याख्याको प्रशंसा गरे । उनले साँस्कृतिक कूटनीति पाकिस्तान-नेपाल सम्बन्धको एक महत्वपूर्ण स्तम्भ बनेकोमा जोड दिंदै दुई देशबीचको साझा इतिहास, सँस्कृति र पारस्परिक समझदारीलाई प्रवर्द्धन गर्ने दूतावासको प्रतिबद्धतालाई पुनः पुष्टि गरे ।

सहभागीहरूले कार्यक्रम आयोजना गर्ने पाकिस्तानी दूतावासको प्रयासको पनि प्रशंसा गरे र सुश्री बिधाता केसीको काममा प्रदर्शन गरिएको कलात्मक उत्कृष्टता र विचारशील अभिव्यक्तिको प्रशंसा गरे । सो अवसरमा पाकिस्तान खाद्य महोत्सव ५ देखि ७ फेब्रुअरी २०२६ सम्म काठमाडौंमा आयोजना हुने घोषणा पनि गरियो, जसले नेपाली जनतासँग पाकिस्तानको समृद्ध साँस्कृतिक सम्पदा र पाककला परम्परा मनाउने अर्को अवसर प्रदान गर्नेछ ।

प्रकाशित समय २०:३७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु