सिद्धार्थ बैंकले कमायो १ अर्ब ३२ करोड भन्दा बढी नाफा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधीको तुलनामा १५०.२० प्रतिशत बढि हो । गत आवको पुस मसान्तसम्म कमाएको ५३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले गत आवको पुस मसान्तसम्म ४ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको पुस मसान्तसम्म बढेर ४ अर्ब ३२ करोड ८० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी पनि ५ अर्ब २७ करोड ३३ लाख रुपैयाँबाट बढेर ५ अर्ब ९७ करोड ३३ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा वृद्धि भएसँगै बैंकको सञ्चालन नाफा पनि ७५ करोड ५४ लाख रुपैयाँबाट वृद्धि भई १ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ७.१९ रुपैयाँबाट बढेर १७.९८ रुपैयाँ कायम भएको छ। बैंकको खराब कर्जा ४५० प्रतिशतबाट घटेर ३४५ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २११.२३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २१४५ रहेको छ।
चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५८ करोड ४५ लाख रुपैयाँ र रिजर्भ कोषमा १५ अर्ब ८७ करोड ९ लाख रुपैयाँ रहेको छ। बैंकले २ खर्ब २५ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ९० अर्ब ४७ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
प्रकाशित समय १२:५८ बजे




















