1100×100 Nabil Advert

नेपाल एसबिआई बैंकद्वारा तीन संस्थासँग सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र रामदा एनकोर काठमाडौं बीच बैंकका सम्पुर्ण डेबिट कार्ड प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना, पेय पदार्थ तथा आवास सुविधाहरुमा १५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ । यसैगरी नेपाल एसबिआई बैंक र होलिडे इन रिसोर्ट काठमाडौं बीच पनि बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना तथा पेय पदार्थमा १५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ ।

 

साथै, बैंकले हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्स संग समेत दन्त उपचार सेवामा बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाइ २० प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता गरेकोे छ । उक्त सम्झौतापत्रहरू बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख सञ्चालन अधिकृत विकास आनन्द तथा रामदा इनकोर काठमाडौंकी निर्देशक, (बिक्री) सीता रायमाझी, होलिडे इन रिसोर्ट काठमाडौका निर्देशक, (बिक्री) बिख्यात बिक्रम राणा, र हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्सका प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्टका बीच आदानप्रदान भएको थियो । उक्त कार्यक्रमहरूमा बैंकका प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रबिन मुनि बज्राचार्य र होटल तथा हस्पिटलका अन्य वरिष्ठ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

 

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित समय ११:३५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु