1100×100 Nabil Advert

अटोमोबाइलमैत्री बजेट आएको छ : नाडा

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को अटोमोबाइलमैत्री आएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । बजेट सार्वजनिक भएपछि नाडाले आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ- नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको थियो । नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२/८३ को बजेट अटोमोवाइल मैत्री आएको छ ।

 

खासगरी यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको वर्षौंदेखिको माग र आवाजलाई समेटेको छ । यो बजेट व्यवसायमैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहितमात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अब हामीले आउँदो मौद्रिक नीतिसमेत यसै अनुरुप आउने अपेक्षासमेत राखेका छौ । नाडाको आवाजलाई सरकारले बजेटमार्फत सम्बोधन गरेकोमा नाडाले सरकारप्रति धन्यवादसमेत प्रकट गरेको छ ।

प्रकाशित समय १२:३५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु