वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकद्वारा रक्तदान कार्यक्रम
काठमाडौं । प्राइम कमर्सियल बैंकले १७औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरि देशभर ६ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुक गरी ३९२ जनाले रक्तदान गर्नुभएको थियो । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्रबिधिकहरुलाई धन्यवाद दिदै, मानवजिवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरि सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारण राख्नु भायो ।
आगामि दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्घता पनि व्यक्त गर्नु भयो ।
प्रकाशित समय २०:४१ बजे




















