1100×100 Nabil Advert

निजी क्षेत्रले केही न केही भएको अनुभूति गर्नेछ : मुख्यसचिव

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो ।

मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दिनुहुँदै अध्यक्ष राजेशकुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानूनी सुधारमा ध्यान दिइनुपर्ने बताउनुभयो । अर्थतन्त्रका केही सूचक सकारात्मक देखिए पनि उत्पादनशील एवं निर्माण क्षेत्र अझै पनि चलायमान हुन नसकेको उहाँले बताउनुभयो । समग्र अर्थतन्त्रको विकासका लागी बजेटको प्रभावकारी कार्यान्वयन एवं स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अनुकूल औद्योगिक वातावरण निर्माणका लागि प्रक्रियालाई सरलीकरण गरिनुपर्ने, रोजगारी थप बढाउन रोजगारी दिइरहेका उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । सो अवसरमा मुख्यसचिव अर्यालले अर्थतन्त्रको विकासका लागि सरकारलाई निजी क्षेत्रको सहयोग चाहिने बताउनुभयो । पछिल्लो पटक केही कानुन संशोधन हुँदा त्यसले सकारात्मक काम गरेको भन्नुहुँदै कानुन सुधार गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्ने बताउनुभयो । परिसंघका उपाध्यक्षद्वय वीरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी सदस्य गोकुल भण्डारी, महानिर्देशक डा. घनश्याम ओझालगायतले बधाई तथा शुभकामना दिनुभयो ।

प्रकाशित समय २२:५४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु