1100×100 Nabil Advert

कुमारी बैंक र काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंको गोल्फुटारस्थित काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टर प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श, जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंकले उल्लेख गरेको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय २२:४६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु