1100×100 Nabil Advert

निश्चित व्याजदरमा राष्ट्रिय वाणिज्य बैंकको ‘आरवीवी भेहिकल लोन फेष्टिभ अफर’ सार्वजनिक

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले ‘आरवीवी भेहिकल लोन फेष्टिभ अफर’ योजना सार्वजनिक गरेको छ । यो ‘आरवीवी भेहिकल लोन फेष्टिभ अफर’ भाद्र १ गतेदेखि लागू भई २०८१ कार्तिक मसान्तसम्म कायम रहने बैंकले जनाएको छ । ग्राहकहरुले आरवीवी भेहिकल लोन लिंदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याजदरमा ऋण लिन सकिने छ ।

बैंकमा तरलताको मात्रा पर्याप्त रहेको समयमा वाणिज्य बैंकले स्थिर व्याजदरमा भेहिकल लोन सार्वजनिक गरेको हो । विशेषगरी आफ्नो आम्दानीको बाटो एउटा निश्चित अवस्थामा रहेका ग्राहकहरुका लागि यस्तो स्थिर व्याजदरमा भेहिकल ऋण लिन सहज हुने देखिन्छ । आफ्नै सवारी साधन खरिद गर्न चाहना भएका तर एकमुष्ठ रकम नभएका व्यक्तिहरु लगायत अन्य विभिन्न पेशा र व्यवसायमा लागेकाहरुका लागि यस्तो अफर निकै सहयोगी सावित हुने देखिन्छ ।

प्रकाशित समय २०:०० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु