1100×100 Nabil Advert

नयाँ भवनमा एभरेष्ट बैंकको बानेश्वर शाखा, अत्याधुनिक ‘डिजिटल संसार’को आजैदेखि शुभारम्भ

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नयाँ बानेश्वर शाखाले आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरस्थित एभरेष्ट बैंक लिमिटेडले साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनबाट स्थानान्तरण भई सम्पूर्ण बैंकिङ सेवाहरु शुरु गरेको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले सो नवनिर्मित भवनको उद्घाटन गदै बैंक विश्वासको सहयात्री भएको साथसाथै नयाँ बानेश्वर र सो आसपासका बासिन्दाहरुलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने ‘डिजिटल संसार’ को शुभारम्भ गरेको छ । उक्त डिजिटल संसारमा बैंकिङ्ग क्षेत्रको हालसम्मकै अत्याधुनिक प्रणाली जडित उपकरणमार्फत् ग्राहकहरुलाई डिजिटल सेवा दिने व्यवस्था गरेको र उक्त स्थानको शुरुवातसँगै ग्राहकहरुले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथसाथै सेवा सम्बन्धी गुनासोसम्म डिजिटल प्रविधि प्रयोग गरी गर्नसक्ने व्यवस्था रहेको छ ।

पंजाव नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको एभरेष्ट बैंकले १४ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ । बैंकले १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६६ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ ।

प्रकाशित समय १९:२० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु