हिमालयन बैंकद्वारा मर्जरपश्चात दोहोरिएको शाखा स्थानान्तरण गरेर ल्यायो सञ्चालनमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा-२ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं.-१२, मोरङबाट जेठ २० गतेदेखि रोडशेष चोक शाखा विराटनगरको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ ।
बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकका अन्य कर्मचारीहरुको उपिस्थतिमा गर्नुभएको छ । हाल बैंकले नेपालभरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६५ सयभन्दा बढी पोइन्ट अफ सेल टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय २०:३१ बजे




















