थोरै स्रोत साधनले धेरै काम गर्नुपर्ने चुनौती र दबाब छ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारलाई थोरै स्रोत साधानले धेरै काम गर्नुपर्ने चुनौती रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित सार्वजनिक निजी साझेदारी मार्फत् नेपालमा एचपीभी खोपको प्रवद्र्धन कार्यक्रममा उनले थोरै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपरेको बताए ।
उनले भने, ‘स्वास्थ्यको विषयमा कुरा गर्दा आवश्यकता अत्यन्त धेरै स्रोत र साधन भने न्यून छ । थोरै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपर्ने चुनौती सरकारको अगाडि छ ।’
उनले पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न एचपीभी यो खोप हरेक महिला दिदीबहिनीहरूको पहुँचमा पु¥याउन आवश्यक भएको बताए । स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्ने कुरामा थप दबाब बढेको उनको भनाई छ ।
प्रकाशित समय १०:४३ बजे




















