साउदीका राजु र एसमिनको दोहोरो चरित्र, एकातिर बोकेर अर्कोतिर तीर हान्दै
साउदी । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिदै जाँदा पद प्राप्तीका लागि दोहोरो चरित्र देखाएर आफ्नै टिममा धोका दिनेमा पहिलो नम्बरमा देखिएका छन् साउदीका राजु सैयद र उनकै श्रीमति यसमिन बेगम सैयद ।
मध्यपुर्व कतारबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका आरके शर्माको टिमको महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी सैयद एकाएक बद्री केसीको टिमको मुख्य भूमिकामा देखिदा उनीहरुको चरित्र उदाङ्गो भएको हो ।
एसमिनका श्रीमान राजु भने आरके शर्माको प्रचारप्रसारमा लागेका भएता पनि उनको चरित्र दोहोरो देखाएका छन् । बद्री केसीको उम्मेदवारी घोषणा सभा बोल्दै राजुले भने–‘ अहिले जुममा धेरै नबोलौ, एकाध पद मिलाउनु पर्छ, हाम्रो टिम भनेको बद्री कै हो, हाम्रो साथ छ, ।’ उनले यति बोलेर आफ्नो भनाई अन्त्य गरे ।
अध्यक्षका उम्मेदवार आरके शर्माको चुनावी क्याम्पेनका मुख्य योजनाकार रहेका राजु आफ्नी श्रीमतिलाई जुनसुकै हालतमा महिला उपाध्यक्ष बनाउने र आफ्नै साथीभाईलाई भड्खालोमा हाल्ने कुटिलता बुनेको प्रष्ट छ ।
आरके शर्माको उम्मेदवारी घोषणा कार्यक्रममा श्रीमान श्रीमति नै कतार पुगेका उनीहरु भित्रभित्रै उचाल्ने र बिगार्ने खेलमा लागेका थिए । यसमिनले कतारमा आरके शर्मालाई पुर्ण साथ र समर्थन गर्दै संवोधन गरेको एक हप्ताभित्र नै सर्पले काँचुली फेरे झैै केसीलाई समर्थन गर्दै उम्मेदवारी घोषणा गरिन् ।
एसमिनले आफ्नो उम्मेदवारी घोषणा मात्र होइन पुरै कार्यक्रम नै संचालन गरिन् । उनले आफुलाई मध्यपुर्वबाट धेरै दवाव आएको भएता पनि बद्री केसीको टिमबाट बाहिर जान नसक्ने उद्घोष गरेर सबैलाई चकित बनाइन् । एसमिनले भनिन्–‘मलाई मध्यपुर्वबाट मात्र होइन आफ्नै पार्टीबाट पनि विभिन्न दबाब आइरहेको छ, तर क्षेत्र र पार्टीभन्दा बाहिर गएर डा.बद्री केसीको टिममा महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दछु ।’ उनले २० बर्षपछि मध्यपुर्वले नेतृत्व दावी गरिरहँदा आफ्नै खुट्टामा बञ्चरो हानेकी छिन् ।
साउदी अरवमा रहेकी यसमिनलाई नेतृत्वका लागि नभई टिकटक र जुममा मात्र रमाउने नेतृत्वको संज्ञा दिइन्छ । श्रीमान राजुले बन्द कोठामा राखेर उनलाई ‘शोपीस’ नेतृ बनाउन खोजेका छन् । यसमिनले आफैले भनिन्‘ म साउदी अरवमा घरेलु कामदार हुँ ।’ उनी घरको चौकुनाबाट बाहिर निस्कन सकेकी छैनन् । यद्यपी उनले हाँसिल गरेको शिक्षालाई अझै सदुपयोग गर्न पाएकी छैनन् ।
यता राजु विभिन्न देशमा मिलेर बसेका नेपालीलाई भड्काउने काममा उद्दत मानिन्छन् । एनआरएनएका अध्यक्षमा गत बर्ष उम्मेदवारी दिएका एक प्रत्यासीले राजुका बारेमा टिप्पणी गर्दै भनेका छन्–‘ राजु सैयदका कति भोट छन्, उनी टिममा लागे भने भएको भोट पनि विर्गाछन्, राजु नहुँदा नै भएको भोट सुरक्षित हुन्छ ।’ उनी बनाउने भन्दा भत्काउने र बिगार्ने काममा निपुर्ण छन् । साउदी अरवमा नै एक्लिरहेका राजु अव बिस्तारै श्रीमतिसहित एनआरएनए अभियानबाट नै बाहिरिने खतरा बढेको छ । उनीहरुको दोहोरो चरित्रलाई सबैले शंकाले हेर्ने छन् ।
महिला उपाध्यक्षमा रोजिना राईको उम्मेदवारी
एनआरएनएको महिला उपाध्यक्षमा बेलायतबाट रोजिना राई प्रधानले उम्मेदवारी घोषणा गरेकी छिन् । महिला सचिवमा उम्मेदवारी घोषणा गरेकी राईले महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि एसमिनको मुटु धड्कीएको छ । अहिलेसम्म महिला उपाध्यक्षमा एसमिनको मात्र उम्मेदवारी परेको थियो । यसअघि एनआरएनए सचिव (महिला) मा उम्मेदवारी दिने पूर्व घोषणामा परिवर्तन गरि अब एनआरएनए उपाध्यक्ष (महिला) तर्फ उम्मेदवारी दिने निष्कर्षमा पुगेका राईले जानकारी दिएकी छिन् । उनले भनेकी छिन्–‘एनआरएनए संस्थामा आवद्ध हुनु भनेको समाज र देशको हितका लागि नै हो । विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गोरुको १२ टक्का भन्नु भन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गरि लचकता अपनाउनु पर्छ भन्ने मान्यता अनुरुप म महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेको हुँ ।’
प्रकाशित समय १०:४९ बजे




















