तीन कुने पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीका अनुसार स्थानीयले बागमती नदी किनारमा बिहान शव देखेपछि खबर गरेका थिए ।
शव र मोटरसाइकल पुलको विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीबाट क्रेनको सहायताले बाहिर निकालिएको छ । प्रहरीले दुर्घटना राति भएको हुनसक्ने जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रकाशित समय १०:४१ बजे




















