1100×100 Nabil Advert

महङ्गीप्रति सरकारको ध्यान गएन : नेत्री प्रसाईं

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईंले दिनदिनै बढ्दै गएको महङ्गीप्रति सरकारले ध्यान नदिएको भन्दै विरोध गरेकी छिन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले जनताले पाएको दुःखका विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिइन् ।

केन्द्रीय सदस्य प्रसाईंले भनिन्, महङ्गी यस्तो बढेको छ, जनताले थेग्न सक्ने अवस्था छैन । सरकार के हेरेर बसेको छ ? जनताले सरकार भएनभएको महशुस गर्न पाएका छैनन् ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री भए पनि कांग्रेस पनि सरकारमा रहेकाले पार्टीले जवाफ दिनुपर्नेमा उनको जोड थियो । उनले व्यवसायी र उपभोक्तका पक्षमा कसले बोलिदिने भन्दै पार्टीलाई प्रश्न गरिन ?

 

प्रकाशित समय १३:१० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु