1100×100 Nabil Advert

वार्षिकोत्सवका अवसरमा प्राइम कमर्सियल बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १७औं वर्ष प्रवेशको उपलक्ष्यमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गर्‍यो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुको उत्साहप्रद सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा ५१ जना रक्तदाताले रक्तदान गरे ।

उक्त कार्यक्रममा उपस्थित भई रक्तदान गरी कार्यक्रमलाई सफल तुल्याउने रक्तदाता कर्मचारी तथा शुभेच्छुक सहभागीहरुलाई सम्मान स्वरुप बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले प्रशंसापत्र प्रदान गर्दै भविष्यमा पनि यस्तै सहयोग पाउने आशा गरी हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।

 

प्रकाशित समय ११:०६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु