जलवायु परिवर्तनमा राज्यको ध्यान नगएको सभापति राईको गुनासो
काठमाडौं । विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले जलवायु परिवर्तनको मुद्दामा राज्यको ध्यान नगएको गुनासो गरेकी छिन् । सोबार समितिमा उत्तर विधायिकी परीक्षणको विषय चयनको विषयमा भएको छलफलमा सभापति राईले अहिले तराईमा जलवायु पविर्तनको कारण ६० प्रतिशत रोपाई हुन नसकेको भन्दै यस्तो विषयमा राज्यको ध्यान नजानु दुःखद भएको बताइन् ।
उनले भनिन्,‘जलवायु परिवर्तनको मुद्दामा पनि राज्यको ध्यान एकदमै नगएको तर गर्नेपर्ने कुरा हो । अहिले तराईमा ६० प्रतिशत रोपाई हुन सकेको छैन् । असारमा पानी नपरेर अहिले वर्षा भईरहेको छ । यसलाई कसरी सन्तुलन गर्ने यसमा सोच्नुपर्ने हो ।’
उनले बाढी पहिरोको कारण कृषिमा आत्मनिर्भरता सफल हुन नसकेको टिप्पणी पनि गरिन । मौलिक हकमा जोडिएका खाद्य अधिकारको कुरा गरेतापनि मानिसहरु यत्तिकै भोक भोकै मर्ने अवस्था रहेको पनि उनको भनाइ छ ।
प्रकाशित समय २०:०६ बजे




















