1100×100 Nabil Advert

चलचित्र ‘नांगो गाउँ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘नांगो गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार बुढासुब्बा युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा दयाहाङ राई र मिरूना मगरलाई मुख्य भूमिका देख्न सकिन्छ । ट्रेलरमा शिक्षण पेशाबाट समाज सुधार्न राजनीतिमा प्रवेश गरेका दयाहाङ राई र राजनीतिलाई व्यवसाय बनाउँदै आएका शिशिर वाङ्देलबीचको राजनीतिक लडाइलाई देखाइएको छ ।

दीपेन्द्र लामा लिखित तथा निर्देशित फिल्ममा दयाहाङ र मिरूनासँगै कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, घनुभाइ जोशी, निमा पाण्डे, सविन बास्तोला, शंकर आचार्य, केशव राई इष्टु कार्की, ताण्डव, रामकाजी घिमिरेलगायत कलाकारको अभिनय छ ।
टे«लर सार्वजनिक भएपछि निर्देशक लामाले, गाउँको राजनीति र त्यसले परेको प्रभावको यथार्थ चलचित्रले देखाउन खोजेको बताए । उनले भने ‘ कसरी नेता मात्रै नभई जनता पनि राजनीति विगार्नमा दोषी छन् भन्ने विषयलाई चलचित्रले समेटेको छ । ’ पाँचौ चलचित्र निर्देशन गरेका उनले यो चलचित्रबाट आफू धेरै आशाबादी रहेको बताए । ट्रेलर हेरेर आफूले राम्रो प्रतिक्रिया पाएको उनको भनाई छ । क्लक वर्क क्रियशनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा जय श्रेष्ठको लगानी छ भने आलोक शुक्लाले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन् ।

 

प्रकाशित समय २०:०१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु