1100×100 Nabil Advert
1180_110px 89th anniversary_Nepal Bank

राष्ट्र निर्माणका लागि उद्योग व्यवस्थित गर्न आवश्यक

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका जेष्ठ सदस्य रणेन्द्र बरालीले, राष्ट्र निर्माणका लागि उद्योग क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघबाट प्राप्त निवेदनको सम्बन्धमा सरोकारवालाहरूसँगको छलफलमा उनले उद्योग र व्यवसायलाई व्यवस्थित नबनाई राष्ट्रको विकास सम्भव नरहेको बताए ।

उद्योग व्यवसायको सुधारका लागि सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुसँग परामर्श गर्दै आवश्यक परेमा उपसमिति बनाएर अनुगमन पनि गर्नु पर्ने उनको भनाई छ । उनले भने, ‘यो उद्योगहरुलाई जति छिटो व्यवस्थित ढङ्गले चलाउँन सकियो, त्यती छिटो राष्ट्र निमार्णमा बल पुग्छ भन्ने कुरामा हाम्रो ध्यानाकर्षण भएको छ । त्यसकारण यस क्षेत्रसँग सम्बन्धीत मन्त्रालयका मन्त्री, सचिवहरुसँग परामर्श गर्छौ । आवश्यक परेमा उपसमिति बनाएर अनुगमन गरेर पनि यसमा ध्यान दिने छौ । यसलाई छिटो निकाश गर्नको लागि हाम्रो गतिविधिहरु अघि बढ्ने छ ।’

यस्तै, उनले नेपाल क्रसर उद्योगले नेपालको कच्चा पदार्थलाई नेपालमै निमार्ण गर्नुको साथै सिंगो विकास निर्माणको मेरुदण्ड नै यो उद्योगले परिचालन गराउँने गरेको भन्दै यसमा समस्या देखिदा ठूला ठूला योजनाका काम रोकिने बताए । उनले भने, ‘नेपाल क्रसर उद्योग भन्ने जुन क्षेत्र छ, त्यसको दुई वटा महत्व प्राथमिकतामा पर्छ । एक यो यस्तो उद्योग हो जसले नेपालमा उत्पादन कच्चा पदार्थलाई नेपालमा नै निमार्ण गराउँछ । अर्को कुरा सिंगो विकास निर्माणको मेरुदण्ड नै यो उद्योगले परिचालन गराउँने काम गर्छ । जसमा अवरोध देखिँदा ठूला ठूला वैदेशिक र स्वदेशि ठेकदारहरुले आफ्नो काम पूरा गर्न नसकेको निउ बनाएर क्षतिपूर्ती माग्न पर्ने अवस्था समेत आएका छन् ।’

 

प्रकाशित समय १७:२३ बजे

Nabil 250×250

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु