एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ४ मा अवस्थित सरस्वती माध्यमिक विद्यालय डकाहालाई एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयमा खानेपानीको समस्यालाई मध्येनजर गर्दै बैंकले सो सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ ।
बैंकले एक विशेष समारोहका बीच सो विद्यालयको खानेपानीको व्यवस्थापनार्थ सो आर्थिक सहयोग गरेको जनाएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णुप्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । यस सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षा–दीक्षामा थप सहज हुने विश्वास बैंकले लिएको छ । साथै विद्यालयका सहायक–प्रधानाध्यापक सापकोटाले बैंकको यस सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनीय भूमिका खेल्ने र आगामी दिनमा समेत यस्तै किसिमको सहयोग अपेक्षा रहेको बताउनु भयो । सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र सामाजिक अभियन्ता जानुका श्रेष्ठको उपस्थिति रहेको थियो ।
स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२६ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
प्रकाशित समय १७:२५ बजे