V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नेपाल टेलिकमले ल्यायो समर अफर

काठमाडौं । नेपाल टेलिकमले समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुची र चाहनाबमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको छ । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ ।

समर अफरअन्तर्गत उपलब्ध प्याकहरु अल टाइम डाटा प्याक अन्तर्गत रु. ५०० मा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र रु. ८०० मा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ । त्यस्तै प्रिपेड सस्तो कम्बो प्याकअन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुनेछ । सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुनेछ । ‘मेशिन टु मेशिन’ सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ ।

कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याकलाई थप आकर्षक बनाइएको छ । साथै अनलिमिटेड डाटा प्याकमा प्रदान गरिंदै आएको फेयर युसेज पोलिसी बमोजिम तोकिएको परिमाण उपभोगपछि लागू हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको छ । समर अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1#  डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

प्रकाशित समय १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010