महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘राईजिङ्ग स्टार- ग्रोथ’ अन्तर्गतको विधामा सम्मान पाएको हो । गतवर्ष बैंक ‘सम्पत्ति गुणस्तर’ अन्तर्गतबाट समेत सम्मानित भएको थियो ।

 

जुलाई २४, २०२६ मा नयाँ दिल्लीमा आयोजित ‘चौथो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस्’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ्ग कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो । बैंकले डिजिटल बैकिङ्ग सेवामा विस्तार, नवीन वित्तीय उत्पादनहरुको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँचमा अभिवृद्धि तथा उत्तरदायी बैकिङ्गमा उत्कृट कार्य गरेबापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डको प्राप्तिसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

 

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरतरुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालैमात्र काठमाडौं जिल्ला कामनपा-३० ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

प्रकाशित समय १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु