V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

निगममा कर्मचारी थप्न दवाव दिइएको छैन : मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगममा कर्मचरी थप्न दवाव नदिएको जिकिर गरेका छन् । प्रतिनीधिसभामा सांसद्हरुले उठाएको प्रश्नको उत्तर दिंदै उनले निगमको हितका लागि आफू प्रयासरत रहेको भन्दै निगमलाई घाटा पुग्ने कुनै काम नगरेको दाबी गरे । ‘नेपाल वायुसेवा निगममा कर्मचारी थप गर्ने कुनै दवाव दिइएको छैन ।’

उनले भने ‘नेपाल वायुसेवा निगमको वित्तिय अवस्थाका सम्बन्धमा आर्थिक २०७८-०७९ को नगद प्रवाह ३ अर्ब ५९ करोड रहेको छ । २०७९ चैत मसान्त सम्ममा कर्मचारी सञ्चय कोष र नागरिक लागानी कोषको गरी २ अर्ब ९४ करोड ऋण रकम भुक्तानी गरिएको छ । १ अर्ब ऋण तिर्ने तयारिमा निगम रहेको छ । ऋण भुक्तानी पछि पनि हाल निगमसँग १ अर्ब ६५ करोड नगद रकम रहेको छ ।’ उनले निगमले ४८ अर्ब ऋण तिर्न बाँकी रहेको उनले जानकारी दिए । ‘निगमको हालसम्मको तिर्न बाँकी ऋण ४८ अर्ब छ । व्याजदरको पून संरचना गर्नुपर्छ ।’ उनले भने ।

प्रकाशित समय १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010