पशुपति क्षेत्र विकासका पूर्व सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै ढकालले भ्रष्टाचार गरी एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको हो । ढकालले गैर कानुनीरुपमा आर्जन गरेको स्रोत नखुलेको सम्पति बिगो निजको नाममा हाल कायम रहेको घरजग्गाबाट प्रचलित ऐनअनुसार बिगो र जरिवाना जफत् गरी पाउन माग दाबी गरिएको अख्तियारद्वारा विशेष अदालतमा पेश गरेको आरोपपत्रमा उल्लेख छ ।
प्रकाशित समय १४:५६ बजे