अर्थमन्त्रीले नुवाकोटमा बढी बजेट पार्नु देशको ढुकुटी लुट्नु जस्तै हो : सांसद सुवाल

काठमाडौं । नेपाल मजदूर किसान पार्टीका सांसद् प्रेम सुवालले अर्थमन्त्री नुवाकोट भएकोले नुवाकोटमा बढी बजेट पार्नु देशको ढुकुटी लुटेको जस्तै भएको बताएका छन् । संसद्मा बजेटको मन्त्रालयगत विनियोजनमाथिको छलफलमा सांसद् सुवालले सार्वजनिक ऋण २० खर्ब पुर्याई सिंहदरबार कब्जा गरेर जनतालाई दुःख दिनेलाई कारवाही गर्नु पर्ने बताए ।
उनले भने ‘अर्थमन्त्रीले म नुवाकोटको भएकाले यहाँ धेरै बजेट परेको छ भनेर बताउनु देशको ढुकुटीमा लुट जस्तै हो । यो भनाई फिर्ता लिनु पर्छ । नुवाकोटका जनतालाई आवश्यक क्षेत्रमा बजेट राख्नु पर्छ । त्यस्तै देशमा अरु जिल्लामा पनि बजेट राख्नु पर्ने विषयमा अर्थमन्त्रीले म नुवाकोटको भनेर बोल्न मिल्दैन । त्यो फिर्ता लिनु पर्छ र त्यहाँको जनतालाई चाहिने कुरा बोल्नु पर्छ । सार्वजनिक क्रृण २० खर्व पुर् याइ सिंहदरवार कब्जा गरेर जनतालाई दुख दिनेलाई कारवाही गर्नु पर्छ ।’
प्रकाशित समय १७:०६ बजे