V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

शहरको व्यवस्थित निर्माण र विकासमा राज्यको ध्यान जानुपर्छ : सांसद बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद् गोकुल बास्कोटाले शहरको व्यवस्थित निर्माण र विकासमा राज्यको ध्यान जानु पर्ने बताएका छन् । संसद्मा बजेटको मन्त्रालयगत विनियोजनमाथिको छलफलमा भाग लिदैं सांसद् बास्कोटाले पुराना शहरको मौलिकता र उनीहरुको जीवन शैलीमाथिको अतिक्रमणलाई जोगाउन भित्री शहरहरुको बारेमा सोच्न आवश्यक भएको बताए ।

उनले भने ‘पुराना शहरको मौलकिता र उनीहरुको जीवन शैली माथिको अतिक्रमणलाई जोगाउन हामीले भित्री शहरहरुमा केही सोचेका छौं ? ती केही कार्यक्रम छैनन् । सडकमा बत्तिहरु छन, छैनन् । हाउस म्यापिङ छ छैन् ? सुरक्षित वस्ती विकास र जनता आवास कार्यक्रमहरु तपाईंहरुको निर्माणको शहरी विकास मन्त्रालयको क्यामेराबाट फोकस आउट भएको छ । हिमाली शहर स्मार्ट शहर नयाँ शहर कहाँ छ यहाँ केही पनि छैन् । केही नयाँ गर्नको लागि पनि होइन ।’

सांसद् बास्कोटाले अघिल्लो सरकारले शहरी विकासको सन्दर्भमा शुरु गरेका कार्यक्रमलाई निरन्तरता नदिएको भन्दै संसद् भवन बनाउन कति समय लाग्छ भनेर प्रश्न गरे । उनले भने ‘लामो कुरै गर्नु पर्दैन संसद् भवन कहिले बन्छ ? यो कार्यकाल अरु तीन वर्ष लाग्छ भन्छन् । धरहरा निर्माण कति लाग्छ भन्दा अरु २ वर्ष लाग्छ भन्छन् । अछामको मंगलसेन दरवार कति हो कति तपार्इंहरुको सत्तासिनको पालामा पनि बन्दैन ्। भै आएका कुरा स्वीकार्न पनि सक्नु भएन् । यसमा दुःख लागेको छ । नगर बनेको छ उनिउका स्वाउला कटुसका झाङ छावलीका घरहरु राख्ने जनतालाई कर थोपर्ने सेवा सुविधा दिने कुरामा यो बजेट पुग्छ ?

 

प्रकाशित समय १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010