1100×100 Nabil Advert

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एभरेष्ट बैंकका सिइओ खालिङद्वारा दश लाख हस्तान्तरण

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ ।

यही क्रममा बैंकले केन्द्रीय बाल अस्पताल सञ्चालनार्थ स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ । बैंकले अस्पताल भवन निर्माण कार्यका लागि दश लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरे ।

यसबाट बाल अस्पताल निर्माण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा नायब महाप्रबन्धक केशवराज पौडेल लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित समय १९:५७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु