V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

दाहालले पाए राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव सुमन दाहालले पाएका छन् । विभागका वरिष्ठ सहसचिव दाहाललाई आयोगको बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो ।यसअघि आयोगका सदस्यहरु मध्येबाट एकजना र कर्मचारी प्रशासनबाट गरी छुट्टाछुट्टै प्रवक्ता राख्ने चलन थियो । त्यो प्रचलन पनि हटाउँदै दाहाललाई एकमात्रै प्रवक्ताको रुपमा आयोगले जिम्मेवारी दिएको हो ।

दाहाल अर्थमन्त्रालयको पनि प्रवक्ता भइसकेका व्यक्ति हुन् । केही साता अघिमात्रै अर्थ मन्त्रालयबाट आयोग सरुवा भएर आएका दाहाल कोशी प्रदेश सरकारका पूर्व अर्थसचिव तथा भन्सार विभागका पूर्व महानिर्देशक समेत हुन् ।

प्रकाशित समय १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010