V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्चाउन सरकारसँग माग : सांसद् थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्चाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा उनले निर्वाचन आयोगको कार्यालय खारेजीबाट वर्षमा १५ करोडभन्दा बढि बचत नहुने भन्दै १५ करोड बचत गर्नको लागि निर्वाचनको निस्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा नरहेको बताए ।

उनले भने, ‘१५ करोड बचत गर्नको लागि निर्वाचनको निस्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा हामी पुगेको हो त, मलाई यस्तो लाग्दैन् । निर्वाचन आयोगको कार्यालय कटौति गर्ने तर्फ सरकारले ध्यान पुर्‍ याएन जस्तो लाग्छ, त्यसैले आफूले गरेको गल्तिलाई समयमा सच्चायो भने त्यो गल्तिको दुश्प्रभाव व्यहोर्नु पर्दैन । निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्चाउनका निम्ति नेपाल सरकारसँग माग गर्छु ।’ बजेटमा प्रस्तावित भएको जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने काम भयो भने यसले निर्वाचन आयोगको भूमिकालाई संकुचित र यसको कामलाई प्रभावित पार्ने पनि उनको भनाई छ ।

प्रकाशित समय १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010