V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

एक आर्थिक बर्षमा ३ कार्यालय प्रमुख परिवर्तन, आर्थिक वर्षको अन्त्यमा कोही नहुँदा विजोग

काठमाडौं । एक आर्थिक बर्षमा तीनवटा कार्यलय प्रमुख परिवर्तन भए तर एक जना पनि कार्यालयमा उपस्थित नहुँदा मुगुको कृषि कार्यालय सुनसान छ । आर्थिक वर्षको अन्त्य तिर योजनाको भुक्तानी दिने, आयोजनाको अनुगमन गर्ने र कृषकहरुलाई ज्ञान मुलक तालिमहरुमा व्यस्त हुनु पर्ने मुगु जिल्लाको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख नै लामो समयदेखि अनुपस्थित छन् । जस्को कारण कार्यालयको कामकाज ठप्प छ भने आयोजना सम्पन्न भएका उपभोक्ता समिति र सेवा लिने सेवाग्राहीहरु मारमा परेका छन् ।

जिल्ला कृषि विकास कार्यालय मुगुबाट सञ्चालन हुने साना सिंचाई आयोजना ९४ वटा छन भने जस्मा ७६ वटा आयोजनाको सम्झौता सम्पन्न भएका छन । अन्य १८ साना सिंचाई आयोजनाको सम्झौता नहुँदा थप समस्या उत्पन्न भएको छ । साना सिंचाई आयोजना अन्तर्गत स्याउ अनुदान, वृक्षरोपण, ओखर, केरा, कागती, बिऊ बैंकलगायतका कामहरु भएका छन ।

कृषि विकास कार्यालयबाट आर्थिक बर्ष २०७९-०८०को कोलगड कागती खेती साना सिंचाई आयोजनाको सम्झौता गरी काम सम्पन्न भएपनि भुक्तानी लिनको लागि गाँउबाट २ दिन पैदल हिडेर आएकाहरुले अझै कति दिन कुर्नु पर्ने हो टुंगो छैन् । कार्यालय प्रमुख नहुँदा भुक्तानीमा निकै समस्या भएको उपभोक्ता समितिका पदाधिकारीहरुको गुनासो छ ।

खत्याड गाँउपालिका वडा नम्बर ११ का कोलगड कागती खेती सिंचाई आयोजनाका अध्क्षय अज बहादुर शाहीले भुक्तानी लिनका लागि आउँदा होटलमा खान बस्न समस्या भएको बताए । कार्यालय प्रमुख नहुँदा धेरै कृषकहरुले सेवा लिन निकै दुःख खेपी रहेको छाँयानाथ रारा नगरपालिका १ की कृषक इन्दिरा मल्लको गुनासो छ ।

आ.व २०७९-०८० मा कार्यरत कार्यालय प्रमुख खेमराज शाही सरुवा भएर गएको, तिलकप्रसाद पाण्डे ४३ दिन मात्र जिल्लामा बसेर सरुवा भई गएको र गत फागुन १७ गते कार्यालय प्रमुख भएर आएका रामबहादुर थापा जेठ ७ गते प्रदेश कृषि विकास कार्यालयमा तालिममा गएको बखत उत्ता उत्तै बढुवा भएर गएपछि अहिले कार्यालय प्रमुख नहुँदा आर्थिक बर्षको अन्त्यमा सेवाग्राहीले निकै समस्या भोग्नु परेको छ । प्रमुख नहुँदा समस्यामाथि समस्या भएपछि कर्णाली प्रदेश सरकारलाई छिटो भन्दा छिटो कार्यालय प्रमुखको व्यवस्था गर्न लिखित पत्राचारका साथै तथा मौखिक आग्रह पनि गरिएको निमित्त कार्यालय प्रमुख टेकबहादुर खत्रीले बताए ।

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010