V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादी पक्षको बहस आजबाट सुरु हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राऊ परेका अभियुक्त पक्षको बहस आज (बुधवार) बाट सुरु भएको छ । जाहेरीकर्ता पक्षको बहस मंगलवार नै सकिएपछि आजबाट प्रतिवादी पक्षको बहस सुरु हुने भएको हो । बहस जिल्ला अदालत काठमाडौंका न्यायाधिश प्रेमप्रसाद न्यौपानेको इजलासमा चलिरहेको छ । आगमी ३१ जेठसम्म बहस सकेर अदालतले अभियुक्तलाई पुपक्र्षका लागि जेल पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय लिनेछ ।

प्रतिवादी कुनै हालतमा धरौटी राखेर हिरासत मुक्त हुने पक्षमा छन् । त्यसो हुँदा उनीहरुले बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्ता नियुक्त गरेका छन् । पुर्व गृहमन्त्री बालकृष्ण खाँणले बहसका निम्ति पूर्व महान्यायधिवक्ता खम्मबहादुर खाती, नेपाल बार एशोसियशनका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेसहित अधिवक्ताको १८ टोली नियुक्त गरेका छन् ।

त्यस्तै, पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले थुनछेक बहसमा ‘हाइप्रोफाइल’ अधिवक्तालाई बहसमा उतारेका छन् । अदालतमा पेश विवरणअनुसार उनको पक्षबाट बहसको नेतृत्व बरिष्ठ अधिवक्ता सुशील पन्तले गरेका छन् । टोलीमा पूर्व महान्यायधिवक्ता रमेश बडाल पनि सहभागि छन् । त्यस बाहेक धर्मराज रेग्मी, पर्शुराम कोइराला, करुणाकर मल्लिक, आकृति रायमाझीलगायत आठ अधिवक्ताले उनको पक्षमा बहस गर्दैछन् ।

पूर्व गृहसचिव टेकनारायण पाण्डेले पनि बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्तलाई नै नियुक्त गरेका छन् । उनको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दै छन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्व एसएसपी हुन् ।

घटनामा १८ अभियुक्त पक्राऊ परेका छन् । १२ फरार छन् । उनीहरु विरुद्ध लिखत किर्ते, राज्य विरुद्धको कसूर, संगठित र ठगि कसूर अन्तर्गत मुद्दा चलाइएको छ । उनीहरु विरुद्ध नक्कली शरणार्थीका नाममा ठगि भएको भन्दै एक सय १५ पीडितले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुद्दामा २८ करोड ८४ लाख रुपैयाँ ठगि भएको भन्दै बिगो दाबी भएको छ ।

प्रकाशित समय १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010