विद्युत् व्यापारसम्बन्धि विधेयक संसद्मा पेश गर्ने सरकारको निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापारसम्बन्धि विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको हो । सम्बन्धित मन्त्रालयलाई यस विधेयक संसद्मा पेश गर्न अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै बैठकले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको ब्रसेल्स भ्रमण स्वीकृत गरेको छ । संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयको प्रस्तावमा २०८० साल जेठ २९ गतेदखि ३२ गते चार दिनसम्मका लागि हुने कामनपा प्रमुख शाहको ब्रसेल्स भ्रमणलाई स्वीकृत गरेको हो । प्रमुख साहले बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘ब्रसेल्स अर्वान समिट २०२३’ को कार्यक्रममा सहभागी हुन बेल्जियम जान लागेको पनि प्रवक्ता शर्माले जनाइन् ।
प्रकाशित समय ११:४८ बजे