राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । नागरिक अगुवाहरुले राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । शनिवार काठमाडौंको बानेश्वर भेलाको आयोजना गरेर वामपन्थी नेता साध्यबहादुर भण्डारी लगायतका नेताहरुले राष्ट्रघाती नागरिकता विधयेक प्रमाणीकरण सम्बन्धि गैरसंवैधानिक कार्यको भत्र्सना गरे ।
भेलामा पूर्व सुरक्षाकर्मी परिषद्का हेमशंकर गिरीले निर्वतमान राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेको कुरा वर्तमान राष्ट्रपतिले गर्नुहुन्न भन्ने निष्कर्षमा पुगेपछि जबरजस्ती मन्त्रिपरिषद्ले निर्णय गरेको भन्दै त्यसको खबरदारीका लागि सडकमा आएको बताए ।
उनले भने ‘केपी ओलीको सरकार ढलेपछि अर्को गठबन्धन गठन गरियो त्यसमा अर्को विधेयक ल्याएर जनसंख्याको राजनीतिद्वारा नेपाललाई सिक्किमीकरणको बाटो खुला गर्न जुन नागरिकता विधेयक ल्याइयो, त्यो निर्वतमान राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएन, त्यो पक्कै राष्ट्रघाती छ ।
अघिल्लाले अस्वीकार गरेको कुरा वर्तमान राष्ट्रपतिले गर्नुहुन्न भन्ने निष्कर्षमा पुगेपछि जबरजस्ती मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यो राष्ट्रघाती कामको खबरदारी गर्न हामी यहाँ आएका हौं ।’ सहभागीहरुले रगत बगाउने तर कुनै पनि हालतका यो विधेयक पास गरेर राष्ट्र मार्न नदिने चेतावनी दिए । कार्यक्रममा सहभागीहरुले नागरिकता विधेयक फिर्ता गर, नागरिकता विधयेक प्रमाणीकरण नगर लगायतका प्ले कार्डहरु प्रदर्शन गरेका थिए ।
प्रकाशित समय १८:३३ बजे