V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

जनताले अधिकार प्राप्तीका लागि शान्तिपूर्ण विरोध गर्न पाउँछन्: मन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले जनताले अधिकार प्राप्त गर्नका निम्ति शान्तिपूर्ण विरोध गर्न पाउने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उनले कोशी प्रदेशको नामाकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकार अनुरुप विरोध गरेको बताए ।

कोशी प्रदेश नामाकारणका सम्बन्धमा असन्तुष्ट पक्षबिच वार्ताद्वारा समाधान हुने भन्दै यस विषयमा प्रधानमन्त्री र प्रदेश सरकारले समेत वार्ताको माध्यमबाट समाधान निकाल्नु पर्ने बताए । उनले मुलुक र सरकार सञ्चालन गर्ने सम्बन्धमा गठबन्धन दलबिच सहकार्य रहेको बाँकी अन्य कुरामा प्रतिस्पर्धा रहेको पनि उल्लेख गरेका छन् ।

प्रकाशित समय १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010