1180_110px 89th anniversary_Nepal Bank
850×150-NIMB

मिटरब्याजीको समस्या कानून बनाएरै समाधान गछौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकार हरहालतमा तयार रहेको र छिट्टै अधिकार सम्पन्न आयोग बनाउँने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसद्को प्रश्नको जवाफ दिंदै मन्त्री श्रेष्ठले पहिला आफैंले सर्लाहीको मिटरब्याज पीडितको मुद्दालाई उठाएर सरकारको ध्यानाकर्षण गराएको र पीडितले नेतृत्व गरेको बताउँदै उनले अब सबै पीडितको समस्या समाधानका लागि आयोग बनाएर छिट्टै त्यसलाई मन्त्रिपरिषद्बाट पारित गर्ने स्पस्ट पारे ।

उनले भने, ‘जाँचबुझ आयोग अन्र्तगत आयोगनै बनाउँने दुई पक्षीय सहमति गरेका छौं । अब बस्ने पहिलो मन्त्रिपरिषद्को बैठकबाट त्यसलाई पारित गर्ने गरि हामि अगाडि बढ्दैछौं ।’ उनले पहिला बनेको कार्यदलले दिएको प्रतिवेदनले आवश्यक ऐन संशोधनका लागि सिफारिश गरेको भन्दै त्यसलाई संशोधन गरेर ऐन बनाउँने बताए । सरकारले आयोग बनाएपछि उक्त आयोगलाई कारर्बाही गर्न सक्ने गरि अधिकार सम्पन्न बनाउने जानकारी दिए । आयोगले प्रभावित क्षेत्रमै पुगेर काम गर्ने उनको धारणा थियो । सांसद रघु पन्त, प्रेम सुवाललगायतले पीडितलाई तत्काल आर्थिक राहत चाहिएकाले आयोग बनाउँने कुरा धुवाँको पर्दा हुने त होइन् भन्दै सरकार प्रति संसय ब्यक्त गरेका हुन् ।

प्रकाशित समय १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु