हरेका पार्टीमा ट्रेड युनियनलाई लिएर डिवेट चलिरहेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक पार्टीमा ट्रेड युनियन चाहिंन्छ कि चाहिंदैन भन्ने डिवेट चलिरहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको ५ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले संघिय निजामती ऐनको अन्तिम चरणमा जाने क्रममा हरेक पार्टीमा राजनीतिक विभेद चलिरहेको बताए ।
‘एउटा डिवेट अहिले पनि चलिरहेको छ । यो कर्मचारिहरुको ट्रेड युनियन चाहिन्छ कि चाहिंदैन ? अहिले सरकारमा पनि हामी संघिय निजामती ऐनको अन्तिम चरणमा जाने क्रममा हरेक पार्टी पिच्छे राजनीतिक विभेद चलिरहेको छ ।’ नेपालको राजनीति परिवर्तनको आन्दोलनमा टे«ड युनियनका कर्मचारिहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले अहिले पनि परिवर्तनको विरुद्धमा चलखेल भईरहेको बताएका छन् ।
प्रकाशित समय १५:१२ बजे


















