V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

रास्वपाले कुनै पार्टीसँग एकीकरण गर्नेबारे कुरै भएको छैन : उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीसँग पार्टी एकताका विषयमा कुनै कुरा नभएको स्पष्ट पारेका छन् । उनले वैशाख १० गते हुने उपनिर्वाचनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भनेर बाहिर आएको कुरा सत्य नभएको बताए । उनले भने ‘रास्वपाको कुनै पार्टीसँग एकीकरण भन्ने विषयमा कुनै कुरै भएको छैन ।’

उप चुनावमा नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेलले बारा क्षेत्र नम्बर दुई बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने घोषणा गरेका छन् । पार्टीको तर्फबाट खरेलले उपचुनाव लड्न सक्ने कुरालाई भने उनले नकारेनन् । तर, पार्टी एकताको लागि कुनै पनि कुरा नभएको उनले स्पष्ट पारे । उनले भने ‘उपनिर्वाचनका लागि उहाँ सदस्यता लिएर पार्टी सदस्यको हैसियतले उपनिर्वाचनमा जान पाउनुहुन्छ । तर, रास्वपाले अहिले कुनै पार्टीसँग एकीकरण गर्ने भन्ने कुरै उठेको छैन ।’ खरेलले बारा क्षेत्र नम्बर २ मा रास्वपाबाट उम्मेदवारी दिने तयारी गरिसकेका छन् । यसअघि खरेल मङ्सिरमा भएको निर्वाचनमा आफ्नै पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनाव लडे पनि कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

 

प्रकाशित समय १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010