V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

अहिलेको अर्थतन्त्रको मुख्य समस्या व्यापार घाटा हो: मन्त्री, श्रेष्ठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको अर्थतन्त्रको मुख्य समस्या व्यापार घाटा भएको बताएका छन् । राजधानिमा आयोजित फलोरा एक्स्पोको २४ औं वार्षिक उत्सवको समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अहिलेको मुख्य समस्या व्यापार घाटा भएको भन्दै विकासलाई अगाडि बढाउन सुशासन स्थापित गरि अर्थतन्त्रमा बृद्वि गर्न आयात प्रतिस्थापन गरि निर्यात प्रवद्र्धन गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिलेको अर्थतन्त्रको मुख्य समस्या व्यापार घाटा हो । उत्पादन बढाउन सके आयात प्रतिस्थापन हुन सक्छ । त्यसले निर्यात प्रवद्र्धन गर्छ । त्यसले व्यापार घाटा कम गर्छ त्यसो नगरी विकासलाई अगाडि बढाउन सक्दैंनौ जुनसुकै हालतमा पनि सुसासन स्थापित गरि अर्थतन्त्रमा बृदि गर्न आयात प्रतिस्थापन निर्यात प्रवद्र्वन गर्नुपर्छ ।’ उनले व्यापार घाटा कम गरे मात्र अगि बढ्न सकिने भन्दै यस विषयमा सरकार स्पष्ट भएको बताए । अर्थतन्त्रमा अहिलेका समस्या लाई छिटो समाधान गर्ने अहिलेको आवश्यकता हो । सरकारले यस दिशामा गम्भीर गृहकार्य गरेको बताए ।

नेपालमा वृहत् व्यवसाय विकसीत हुनेछ भन्दै यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने दावि गरेका छन् । अर्थतन्त्रमा देखा परेको समस्या निजि क्षेत्रको मात्र होइन । व्यतिगत रुपमा निजि व्यवसायीहरुले ठुलो पिडा भोग्नु परेको उनको भनाई छ ।

 

प्रकाशित समय १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010