राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल आजै मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । मन्त्रिपरिषद् विस्तार अघि राष्ट्रपति रामचन्द्र पौडेलसँग, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति पौडेललाई भेट्न बिहान साढे ९ बजे नै शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् । राष्ट्रपति कार्यालयले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई नियमित भेटघाटका भनेको छ । आज दिउँसो ३ बजेसम्म नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी भैरहेको छ ।
प्रकाशित समय १२:१५ बजे