1100×100 Nabil Advert

एसईईका विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन परीक्षासँग सम्बन्धित सबैमा अपील गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले माध्यमिक शिक्षा परीक्षामा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् ।

उनले भने, आजदेखि शुुरू हुने माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको उज्जवल भविष्यको कामना गर्दछु । एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ–आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु । आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा एसईईमा नियमित र ग्रेड वृद्धि गरी ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका छन् ।

 

प्रकाशित समय ११:५८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु