V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नेपाल आयल निगमले बढायो इन्धनको मूल्य

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको भन्दै नेपाल आयल निमगले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर ३–३ रुपैयाँ बृद्धि गरेको आयल निगमले जनाएको छ ।

निगमले हाल पेट्रोलको प्रतिलिटर १७५, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ प्रतिलिटर रहेको छ । अब राति १२ बजेदेखि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुग्ने छ भने डिजेल र मट्टितेलको १७५ रुपैयाँ प्रतिलिटर हुने छ । हवाई इन्धन र ग्याँसको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

सबै क्षेत्रमा महँगीले आकाश छुएको बेला निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएपछि झनै सर्वसाधारणमाथि भार थपिने छ ।

प्रकाशित समय २२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010