V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नेपालको कानून मिचेर याक एण्ड यति होटलको जिएम बने विदेशी नागरिक

काठमाडौं । नेपालको पाँचतारे होटल याक एण्ड यतिमा श्रम स्वीकृति नै नलिई एक विदेशी नागरिकले जीएमको पदमा जागिर खाइरहेका पाइएको छ । नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिनुपर्ने हुन्छ । श्रम स्वीकृति बिना कुनै काम गर्दा त्यो गैर कानूनी मानिन्छ । पाँचतारे होटलमा गैरकानूनी रुपमा अष्ट्रियाका नागरिकले काम गरिरहेको कुरा विभिन्न प्रमाणहरु बाहिर आएका छन् । यस विषयमा ट्रेड यूनियन महासंघले नै गैरकानूनी रुपमा काम गर्ने विदेशी नागरिकलाई कारवाही गर्न निवेदन दिएका छन् ।

 

महासंघले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा निवेदन दिएको छ । निवेदनमा अष्ट्रियन नागरिक मोनिका पिटर स्काइब्लाउरले बिना श्रम स्वीकृति होटेलमा काम गरिरहेकाले कारबाही गर्न माग गरिएको छ । उनले नेपालमा विजनेश गर्ने भनेर सोही अनुसारको भिसा लिएर अर्को प्रयोजनको काम गरेको पाइएको हो । उनले २०७८ सालको मंसिर महिनामा ब्लु इनर्जी प्रा।लि नामको कम्पनी दर्ता गरेर विजनेश भिसा लिएको देखिएको छ । तर काम भने उनले याक एण्ड यति होटलमा जीएमका रुपमा गर्दै आएकी छिन् । एक किसिमको प्रयोजनका लागि आएर अर्को प्रयोजनका लागि काम गरिरहेको अवस्थामा उनलाई कारबाही गर्नु पर्ने महासंघको माग छ । श्रम स्वीकृति बिनै काम लगाउने होटल र अष्ट्रियन नागरिकलाई कारबाही गर्न पनि विभागसमक्ष महासंघले अनुरोध गरेको छ ।

 

नेपालमा विभिन्न ढंगले विदेशीहरु बसेर गैरकानूनीरुपमा काम गरिरहेका छन् भन्ने कुरा यसअघि पनि बेला–बेला सार्वजनिक भएका थिए । सयौं चिनियाँ नागरिकहरु पर्यटन भिसामा नेपाल आएर नेपाली नागरिकहरुलाई प्रयोग गर्दै नेपाली युवायुवतीहरुलाई प्रलोभनमा पारेर कल सेन्टरहरु खोल्ने, अवैध ढंगले गतिविधि गरेर पक्राउ परेका उदाहरणहरु समेत छन् ।

प्रकाशित समय २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010