V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सञ्चारमन्त्री शर्मा भन्छिन्– कानूनहरु निर्माणका लागि तत्काल संसद्मा पेश गर्ने तयारी छ

काठमाडौं । सूचना प्रविधि मेला भृकुटीमण्डपमा आजदेखि शुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो मेलाको उद्घाटन गर्ने क्रममा भनिन्– सरकार सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनालन लागिपरेको छ । उनले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै आवश्यक कानूनहरु निर्माणका लागि तत्काल संसदमा पेश गर्ने बताइन् । उनले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न निजी क्षेत्रलाई आह्वान गर्दै भनिन्– सबैको ज्ञान, सीप र अनुभवको उपयोग गरेर अगाडि बढ्न जरुरी छ ।


‘इन्फोडेभलपर्स क्यान इन्फोटेक–२०२३’ प्रदर्शनी नाम दिइएको सूचना प्रविधि मेलामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्य रहेको छ । प्रदर्शनी माघ २४ गतेदेखि २९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् । मेलामा हरेक दिन आइसिटी सेमिनार सञ्चालन गरिने पनि आयोजक क्यान महासंघले जनाएको छ ।

 

क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङलगायत कार्यक्रम समावेश गरिएको छ । यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र करिब साढे तीन लाखजनाले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक पक्षले जनाएको छ ।

प्रकाशित समय २२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010